1
आज फेरि मैले मेरो कलम उठाए, हे कलम, तिमीले कविता लेख्यौ, तिमीले कविता-कथा लेख्यौ, यता-त्यता लेख्यौ, हिँड्ने पथा लेख्यौ, चल्ने प्रथा लेख्यौ, सुख-व्यथा लेख्यौ, कयौं गाथा लेख्यौ।
तिमीले माया लेख्यौ... दुई दिनको साथ लेख्यौ, अनेक दिन-रात लेख्यौ।
एक जोडि..., ति दुईको मुलाकात लेख्यौ, केही मिठो बात लेख्यौ,
प्रेम लेख्यौ..., माया आबाद, मायामा बरबाद लेख्यौ, तिमीले अपराध लेख्यौ।
अब तिमी मलाई लेख्नु..., मलाई तिम्रो एक प्रशंग लेख्नु, मलाई आज म बनाउनु तिमी, आज मेरा सारा अङ्ग लेख्नु।
तिमी मलाई खुशी लेख्नु, आज तिमी मेरो हाँसो लेख्नु, बगी गए कति दुःख आँशु सँग मेरा, ति बगी सकेका मेरा सारा आँशु लेख्नु।
By: kendru