कालो बादल र चन्द्रमा

त्यो कालो बादल र त्यस परे काे त्यो श्वेत सुन्दर चन्द्रमा... आंशिक अन्धकार ल्याउने त्यो बादल, त्यो काल रात मा पनि झिलमिल झिलमिल उजेली छर्ने त्यो चन्द्रमा, त्यो सुन्दर, शान्त चन्द्रमा.

त्यो चन्द्रमा कस्तो भने, कलकल खोलाको पानी जस्तो, झलकल त्यो मिठो हासोँ जस्तो, त्यो बादल पनि हटाइदिने, हलहल हावाको झोका जस्तो, त्यो चन्द्रमा।

त्यो चन्द्रमा, आज गगन मा टलटल टल्किरहेछ, हेर्दा त्यो चन्द्रमा पनि, तिम्रै मुहार झझल्कीरहेछ, आज यो चन्द्रमा लाई घेरी, एक अनौठो आभा पनि फल्किरहेछ, त्यो चाँद तर्फ समुद्र झै, यो मन भने तिमी तर्फ नै पल्किरहेछ।

By: kendru