जीवन-मरण
जिन्दगीको किनारामा उभिरहेछु म, मृत्युको दैलाेमा दस्तक दिँदै, म, मेरो आत्माको स्वास दबाइ, सपनाको घाँटी रेटी, जीवनको सुतुलो छिनाई, म, मृत्युलाई अङ्गाल्दै, आफ्नो प्राण त्याग्दै, उभिरहेछु म जीवन-मृत्युको सन्धिमा। म, कालको स्वागत गर्दै, अन्तको बाटो कुर्दै, प्रेरणाको रुख काट्दै, विनाशको मार्ग हेर्दै, म, आफ्नो सारा आशा मारी, रागको सुर झारी, विश्वास र माया त्याग्दै, म मरणको भूमि सम्हारी।
By: kendru