मेरो राजकुमार

स्वतः श्वेत वायुपंखि घोडा मा चढी आउने छ मेरो राजकुमार, मेरो राजकुमार: काल समेतको पर्खाल नाघ्दै आउने छ मेरो राजकुमार, आकाश–पातालको सिमाना माझ्दै आउने छ मेरो राजकुमार। मेरो राजकुमार: हाम्रो मिलनको गान गाउँदै, विजयीको उनको काव्य रच्दै, हाम्रो एकत्वको चित्र कोर्दै, मलाई लिन, विमुक्त पार्न यो वस्तुबन्धन बाट, आउने छ मेरो राजकुमार, मलाई लिन...

©Kendra Pokhrel