naam
म सधैं उनकै नाम लेख्न थालेको छु, हर छायाँमा उनकै मुहार देख्न थालेको छु, उनकै सम्झनामा बित्ने गरेको छ दिनहरू किनकी, म सधैं उनकै नाम लेख्न थालेको छु।
रमाउन थालेको छु म पनि बगैंचामा आजकाल, फुलहरुमा उनकै सुवाष खोज्न थालेको छु, रात्रीमा पनि उनकै यादले सताउँछ मलाई किनकी, म सधैं उनकै नाम लेख्न थालेको छु।
हिजो आज चिटिक्क परी हिँड्न मन लाग्छ, अलिकति आफैलाई मायाले हेर्न मन लाग्छ, मेरो मुस्कानमा पनि उनि नै बस्छिन् भनि, आज भोलि मलाई आफैलाई सिंगार्न मन लाग्छ।
उनकै नाम दिनरात जप्न थालेको छु, हर पानामा उनकै सुन्दरता पोख्न थालेको छु, अब त मेरो कलमलाई पनि थाहा होला उनको नाम किनकी, म सधैं उनकै नाम लेख्न थालेको छु।
By: kendru