recital1

(के हुन्छ)

के हुन्छ के हुन्छ जब रात हुन्छ? जब रात आउँछ, जब उजेली सारा ढल्दै जान्छ, त्यो सुर्य को किरण हराउँदै, अन्धकार बढ्दै जान्छ, त्यो रात काे ओस बढ्दै जान्छ, तब उनको याद आउँछ, एक अलग रोग ले च्याप्छ, मुटु मा एक चिसो आगो बल्दै जान्छ, आँखा रसाउँछ, मन-भूत ले तर्साउँछ।

त्यो दिन बित्छ, न्यानो घाम सँगै, सारा सुख, सारा हाँसो अस्ताउँछ, तब रात हुन्छ।

जब रात आउँछ, मन मस्तिष्क एक भई, तिम्रो याद ले सताउँछ, झल्किन्छ त्यो मुहार, र हेर्दा हेर्दै त्यही अन्धकार मा हराउँछ, जब रात आउँछ।

जब रात आउँछ, जब अन्धकार हुन्छ, मन यो चिसो ले छुन्छ, के हुन्छ जब रात हुन्छ, जब रात हुन्छ, रोकिएको सारा आँशु बगाई, यो मन धुरुधुरु रुन्छ, जब रात हुन्छ।

By: kendru