vardaan

हे भगवान, आज मलाई एक यस्तो वरदान देउ, उनको आँशुको धारा सबै मलाई, उनको मुहारमा सधैं मुस्कान देउ, लडु न उठु म यो संसार मा, तर चट्टान सरह उनलाई त्यो अडान देउ, अपमानित रहु म, नभएस मेरो आकाश दर्शन, तर कहिल्यै उनको शिर नझुकोस्, उनको सामु तिमी यति सम्मान देउ, सारा दुःख कष्ट थुप्रियोस म माथी, उनलाई सुखै सुखको वाहन देउ, हे भगवान, आज मलाई पनि यति एक वरदान देउ की, म पुज्न सकु सधैं उनलाई नै, मलाई त्यो जमीन र उनलाई तिमी सरह एक आसन देउ।

By: kendru