Who?

(काे?)

तिमी काे? म काे? कसैको छोरा/छोरी, कसैको दाजु, भाई, दिदी, बहिनी, कसैको यो कसैको त्यो, तर तिमी काे, म काे? संसार काे एक कुना मा रहेको एउटा सानो देश मा रहेको एउटा कुनै प्रदेश काे कुन गाउँ/सहर मा अडिग एउटा घर काे कुनै कोठा बाट म। म लेखक।कि रचयिता? कि म यो खेल काे खेलाडी। काे हुँ त म? म जो लेख्दै छु, म जो पढ्दै छु, म यो की म त्यो? म म कि म भ्रम? मेरो नाम, मेरो काम, जनाउँदा हुन यी सबले मलाई, तर म काे त? के म त्यो, जो म सोच्छु, हो म, की म त्यो जो तिमी देख्छौ मलाई? म मेरो टुक्रा, म, म परिवार काे वंश, लेखिएको भगवान काे अंश, म, अन्त्य काे उदंश, खुशी मा प्रशंस, आफू मा अनंश। म, म संसार, म संहार, म रक्षा, म प्रहार। तर, के म त्यो, जे म आए, जे म रहे, जो म सकिन्छु? म मेरो सोच, की तिम्रो स्वप्न, आफुलाई म बताउँदा, सुन्ने काे? आफुलाई म जताउँदा, हेर्ने काे? म छु, म छु? म हुँ, म छु? म के, म काे, म थिए, के म छु? यो कथा लेख्ने त्यो लेखक, लेख्थ्यो बेला बेला की, “म लडे, म झरे, म रोए, म उठें।” के म त्यो लेखक, कि म त्यो लेखन। म एक रचना, कि म यसमा रचन? म, म के, म काे, म यो, म त्यो, म जो म सो, म काे म काे? म, म के, म काे, म जसो त्यसो, म कता म कता, म यता म त्यता।

By: kendru